२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

1.3K
Shares

काठमाडौं –  हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १४ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको छ । कम्पनी सञ्चालक समितिको पुष ४ गते बसेको बैठकको निर्णयले शेयरधनीहरुलाई आर्थिक वर्ष २०७९।०८० को वितरणयोग्य मुनाफाबाट १४ प्रतिशत बोनश शेयर प्रस्ताव गरेको हो ।  जसअनुसार कम्पनीले हाल कायम चुक्तापुँजी ८ अर्ब २ करोड ३ लाख ८३ हजार ६०२ रुपैयाँको १४ प्रतिशतले हुन आउने १ अर्ब १२ करोड २८ लाख ५३ हजार ७०४ रुपैयाँबराबरको बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ।

प्रचलित कानुनी व्यवस्था बमोेजिम बोनश शेयरमा लाग्ने कर बापतको रकम स्वयं शेयरधनीहरुले भुक्तानी गर्नुपर्ने प्रस्ताव कम्पनीले गरेको छ ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणको स्वीकृतिपछि आगामी वार्षिक साधरणसभाबाट अनुमोदन गरी शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij