काठमाडौं – गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको आइपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक कुमारी क्यापिटलले आज आइपीओ बाँडफाँट गरेको हो ।
वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा २५ हजार १६३ जनाको हात रित्तो भएको छ। कम्पनीले मंसिर १९ गतेदेखि २ लाख २५ हजार कित्ता आइपीओ वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई बिक्री खुला गरेको थियो। जसमा ४७ हजार ६६३ जनाले २५ लाख ८४ हजार ५३० कित्ता बराबरको २५ करोड ८४ लाख ५३ हजार रुपैयाँको आवेदन परेको छ ।
उक्त आइपीओमा २२ हजार ५०० जनाले १०।१० कित्ता दरले आइपीओ हात पारेका हुन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij