२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

सन नेपाल लाइफद्वारा ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक

770
Shares

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले नयाँ ७५ प्रतिशत ब्याज छुट योजना सार्वजनिक गरेको छ । यो योजना १ पुषदेखि २६ पुषसम्म लागू हुनेछ । जसमा ग्राहकहरूलाई व्यतित बीमालेख पुनर्जागरण गर्न ७५ प्रतिशत ब्याज छुटको अवसर दिइनेछ ।

कम्पनीका अनुसार यस अभियानको प्रमुख उद्देश्य भनेको आर्थिक समस्याका कारण बीमालेख सक्रिय राख्न नसकेका ग्राहकहरूलाई पुनः बीमा दायरामा ल्याउनु र ग्राहक र ग्राहकको परिवारको आर्थिक भविष्यलाई सुनिश्चित गर्नु हो ।

यसै गरी, ग्राहकहरूको सुरक्षालाई निरन्तरता दिने र समयमै बीमालेख पुनर्जागरण गर्न प्रोत्साहन गर्ने उद्देश्य कम्पनीले राखेको छ । इन्स्योरेन्सले यस अभियान मार्फत जीवन बीमाको महत्त्वलाई अझ प्रभावकारी रूपमा उजागर गर्दै ग्राहकहरूलाई आर्थिक सुरक्षा र स्थिरता प्रदान गर्ने लक्ष्य राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij