काठमाडौं- युनाइटेड अजोड इन्स्योरेनस लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कमल गौतम नियुक्त भएका छन्।
आज बसेको कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा गौतमलाई नियुक्त गर्ने निर्णय गरेको हो। उनको कार्यकाल ४ वर्षको हुनेछ। गौतमलाई सिईओ नियुक्ती सम्बन्धी प्रस्ताव आजै बीमा प्राधिकरणबाट स्वीकृत भएसँगै कम्पनीका अध्यक्ष आजाद श्रेष्ठले सिईओमा नियुक्ती गरी पदभार ग्रहण गराएका हुन् ।
नवनियुक्त सीईओ गौतमसँग विगत ३ दशकभन्दा बढी विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्य गरी विकास बैंक र निर्जीवन बीमा कम्पनीमा समेत सीईओको कार्यभार सम्हालेको अनुभव छ। उनले त्रिभुवन विश्वविद्यालयबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन्।
कार्यानुभव तथा कार्यसम्पादनको मूल्यांकन गर्दै गौतमलाई सीईओमा नियुक्त गरिएको कम्पनीले जनाएको छ। कम्पनीको प्रगति सन्तुष्ट ग्राहक तथा दक्ष जनशक्तिबाट सम्भव हुने विश्वास राख्ने गौतम कर्मचारीको टिम वर्कमा विश्वास गर्छन्।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij