काठमाडौं – नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५१.११ अकंले घटेर २७०२.६५ बिन्दुमा कायम भएको छ । आज ३१० कम्पनीको २ करोड २५ लाख ८८ हजार २४७ कित्ता शेयर किनबेच हुँदा १० अर्ब ४६ करोड ८३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
बजारमा आज २२४ कम्पनी घट्दा २० कम्पनीको शेयर मात्र बढेको छ । एक कम्पनीको भने शेयर मुल्य मा कुनै परिर्वतन भएको छैन् ।
मंगलबार १३ वटै उपसूचक राताम्य भएका छन् । आज बैंकिङ समूहको १.११ प्रतिशत, विकास बैंक समूहको २.२९ प्रतिशत, फाइनान्स समूहको २.३१ प्रतिशत, होटल तथा पर्यटन समूहको ३.१७ प्रतिशतले शेयर मूल्य घटेको छ ।
आज सबैभन्दा धेरै ङादी ग्रुप पावरको शेयर कारोबार भएको छ । आज यस कम्पनीको ४६ करोड ६८ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij