२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

घोराही सिमेन्टले ल्यायो ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’

घोराही सिमेन्टले ल्यायो ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’

980
Shares

काठमाडौं – घोराही सिमेन्ट इन्डस्ट्रीले पहिलो पटक ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’ सार्वजनिक गरेको छ। विशेषतः व्यक्तिगत घर निर्माणकर्तालाई लक्षित यो सिमेन्टले प्रारम्भिक मजबुती, उच्च टिकाउपन, र छिटो सेट हुने समयजस्ता विशेषतासहित घरका बिम, स्ल्याब, जग, र पिल्लरको निर्माणलाई सुरक्षित र भरपर्दो बनाउने लक्ष्यसहित नयाँ उत्पादन सार्वजनिक गरेको हो ।

गहिरो अनुसन्धान र उच्च प्रविधिबाट उत्पादित यस सिमेन्टले ओपिसी सिमेन्टको मजबुती प्रदान गर्दै मूल्यमा करिब १० प्रतिशत सस्तो दरमा उपलब्ध गराउनेछ। गुणस्तरमा सम्झौता नगरी आर्थिक रूपले सस्तो निर्माण सामग्री चाहने घर निर्माणकर्ताको मागलाई सम्बोधन गर्न यो उत्पादन ल्याइएको हो।

सन् २००९ मा स्थापना भएको घोराही सिमेन्ट इन्डस्ट्रीले सगरमाथा ब्रान्डका विभिन्न सिमेन्ट र क्लिन्कर उत्पादन गर्दै नेपाली निर्माण क्षेत्रमा बलियो पहिचान बनाएको छ। ‘ढलाइ मिक्स पीपीसी सिमेन्ट’मार्फत कम्पनीले नवप्रवर्तन र दिगो निर्माण अभ्यासलाई थप मजबुत बनाउने प्रतिबद्धता जनाएको छ।

घोराही सिमेन्ट उद्योग पश्चिम नेपालको दाङ जिल्लाको घोराहीमा एसियाको सबैभन्दा ठूलो उपत्यकाको बिचमा रहेको कम्पनीको स्थापना सन् २००९ मा भएको हो । घोराही सिमेन्ट उद्योगले सगरमाथा सिमेन्टको ओपिसी ५३ ग्रेड र ४३ ग्रेड, पिपिसी र सगरमाथा क्लिन्कर उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij