२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन रि इन्स्योरेन्सकाे नाफा बढ्यो, अन्य सूचक कस्ता ?

हिमालयन रि इन्स्योरेन्सकाे नाफा बढ्यो, अन्य सूचक कस्ता ?

995
Shares

काठमाडौं – हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार गत आर्थिक वर्षको असोज मसान्तसम्मको तुलनामा चालु आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको खुद नाफा बढेको छ।

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा कम्पनीले २२ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९.२२ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १७ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा कम्पनीको खुद आर्जित बीमाशुल्क १०.९५ प्रतिशत बढेको छ भने कुल आम्दानी २२.८० प्रतिशत बढेको छ। त्यस्तै, कम्पनीको कुल दाबी भुक्तानी समीक्ष्ाँ अवधिमा १३.७३ प्रतिशत र कुल खर्च १५.६० प्रतिशत बढेको छ।

नाफा बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने समीक्षा अवधिमा घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १ रुपैयाँ ३० पैसा घटेर ८ रुपैयाँ ७१ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको मूल्य आम्दानी अनुपात १०३.५६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १५९ रुपैयाँ १६ पैसा रहेको छ।

१० अर्ब ४० करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको विशेष जगेडामा १ अर्ब ३० करोड रुपैयाँ, महाविपत्ती कोषमा १३ करोड २१ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ८१ करोड ९५ लाख रुपैयाँ र अन्य इक्विटीमा ३ करोड १६ लाख रुपैयाँ सञ्चित छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij