२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफ इन्स्योरेन्सको मुनाफा ८३.१६ प्रतिशतले बृद्धि

सिटिजन लाइफ इन्स्योरेन्सको मुनाफा ८३.१६ प्रतिशतले बृद्धि

1.2K
Shares

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।  चालु आवको तीन महिनामा सिटिजन लाइफ इन्स्योरेन्सको मुनाफा ८३.१६ प्रतिशतले बृद्धि भएको छ । कम्पनीको खुद नाफा सात करोड १४ लाख रुपैयाँबाट बढेर १३ करोड नौ लाख रुपैयाँ पुग्न सफल भएको छ ।

समीक्षा अवधिमा कम्पनीको जीवन बीमा कोषमा १५ अर्ब ७४ करोड ३६ लाख रुपैयाँ सन्चिती रहेको छ । गत आवको तुलनामा उक्त कोषको आकार ९ प्रतिशतले बृद्धि भएको छ । वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा, बीमाशुल्क आर्जन लगायतका प्रमुख सूचांकहरुमा उल्लेख्य बृद्धि देखिएको छ ।

साथै, सिटिजन लाइफ इन्स्योरेन्सको जगेडा कोष ६३ करोड २४ लाख रुपैयाँबाट बढेर ७४ करोड ९० लाख रुपैयाँ रहेको छ । यस अवधिमा कम्पनीको जगेढा कोष १८.४२ प्रतिशतले बृद्धि भएको छ ।

कम्पनीले यस अवधिमा २० अर्ब रुपैयाँ लगानी गरेको छ । साथै, कम्पनीको कुल बीमा शुल्क आर्जनमा उल्लेख्य बृद्धि भएको छ । यस अवधिमा कम्पनीको बीमा शुल्क आर्जन १६.१९ प्रतिशतले बढेर एक अर्ब ५० करोड रुपैयाँबाट एक अर्ब ७४ करोड रुपैयाँ आर्जन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij