काठमाडाैं – यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडका प्रमुख कार्यकारी अधिकृत श्रवण रावलको निधन भएको छ । रावलको भक्तपुरस्थित नागरिक अस्पतालमा बिहीबार बिहान उपचारका क्रममा निधन भएको हो ।
सोल्टी होटलमा आयोजित कार्यक्रममा सहभागि भएर घर फर्किएका उनी मुटुमा एक्कासी समस्या भएपछि उनलाई नागरिक अस्पताल पुर्याइएको थियो। अस्पतालमा उपचारका क्रममा उनको निधन भएको हो। उनको ६१ वर्षको उमेरमा निधन भएको हो ।
निर्जीवन बीमा कम्पनीमा दुइ दशकभन्दा लामो अनुभव भएका रावलले नेको इन्स्योरेन्समा सहायक महाप्रबन्धक, सगरमाथा इन्स्योरेन्समा नायब प्रमुख कार्यकारी अधिकृत र प्रुडेन्सियल इन्स्योरेन्समा प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी निभाएका थिए ।
रावलको परिवारमा श्रीमति, एक छोरा र छोरी छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij