काठमाडौं – नेपालमा बालबालिकाको लागि विशिष्ट स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यका साथ प्रा.डा. भगवान कोईरालाको कृयाशिलतामा स्थापित काठमाडौं इन्सटिच्युट अफ चाइल्ड हेल्थद्वारा बुढानिलकण्ठ –७ मा निर्माणाधीन वाल अस्पताललाई संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नगद २५ लाख रुपैयाँ वित्तीय सहयोग प्रदान गरेको छ ।
सिद्धार्थ प्रिमियर इन्स्योरेन्स प्रधान कार्यालयमा सम्पन्न एक समारोहमा इन्स्योरेन्सको सञ्चालक समितिका अध्यक्ष सुरेशलाल श्रेष्ठद्वारा अस्पतालका अध्यक्ष प्रा.डा. भगवान कोईरालालाई २५ लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन् ।
सो अवसरमा इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले अस्पताल निमार्णमा सहभागि हुन पाएकोमा खुशि व्यक्त गर्दै भविष्यमा पनि यस प्रकारको सहयोगलाई निरन्तरता दिने बताए । प्रा.डा. कोईरालाले सहयोगको लागि धन्यवाद दिए । समारोहमा इन्स्योरेन्सका सञ्चालक समितिका अन्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij