काठमाडौं – आज मंगलबार प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुइ कम्पनीले भोली अर्थात असोज १६ गते बुकक्लोज गर्दैछन्
प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले असोज २३ गते ७औँ वार्षिक साधारणसभा बोलाएको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५२६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ । सोही सभाले हकप्रद शेयर संशोधन गरी बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको ७ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij