२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम गण्डकी प्रदेशान सम्पन्न

नेशनल लाईफको मिट द सिइओ कार्यक्रम गण्डकी प्रदेशान सम्पन्न

1K
Shares

काठमाडौं – नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले मासिक स्किम अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताहरुलाई कम्पनीका प्रमुख कार्यकारी अधिकृतसंग साक्षात्कार सहितको डिनर कार्यक्रम “मिट द सिइओ” सम्पन्न गरेको छ ।

गण्डकी प्रदेशबााट योग्य भएका करिब ३५ जना अभिकर्ताहरु, विभागिय प्रमुख, प्रदेश प्रमुख एवं शाखा प्रमुखहरुको सहभागितामा प्रमुख कार्यकारी अधिकृतज्यूले मायाको चिनो प्रदान गरेका थिए। साथै स्किममा व्यवस्था भए अनुरुप अर्लि क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्र्न सफल अभिकर्ताहरुलाई विशेष सम्मान गरिएको थियो ।

प्रमुख कार्यकारी अधिकृतले यस कार्यक्रममा छनौट हुने सम्पुर्ण अभिकर्ताहरुलाई प्रदेश स्तरिय सम्मान गर्ने क्रममा गण्डकी प्रदेशबाट छनौट हुने अभिकर्ताहरुलाई सम्मान गरेका थिए। साथै यो कार्यक्रम मधेश प्रदेशबाट शुरु गरिएको र छिट्टै नै अन्य प्रदेशहरुमा पनि गरिने जानकारी गराए।

समारोहमा प्रमुख कार्यकारी अधिकृतले अभिकर्ताहरुको हितलाई मध्येनजर गर्दै समय सान्दर्भिक योजनाहरु प्रस्तुत गर्ने क्रममा मिट द सिइओ स्किम जारी गरेको र नेपालभर बाट यस स्किममा ३०० भन्दा बढि अभिकर्ताहरु छनौट भएकामा गण्डकी प्रदेशबाट मात्रै ३५ जना अभकिर्ताहरु छनौट हुन सफल भएकोले यस स्किममा जोडिने सम्पुर्ण अभिकर्ताहरुलाई हार्दिक बधाई ज्ञापन गरे।

कार्यक्रममा सहभागि अभिकर्ताहरुले कम्पनीका प्रमुख कार्यकारी अधिकृत समक्ष बीमा व्यवसायमा जोडिएका हरेक पक्षहरुका बारेमा विस्तृत रुपमा छलफल गर्न पाएकोमा खुशी व्यक्त गरे। यस योजनाले अभिकर्ता र कम्पनीका सिइओ दुवैलाई प्रत्यक्ष रुपमा जोडी अन्र्तक्रिया गर्ने अवसर जुराउँदा अभिकर्ता तथा कम्पनी दुवै पक्षलाई हित हुने भएकोले यस प्रकारको योजना आगामी दिनहरुमा पनि ल्याउनु पर्ने सुझाव दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij