२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर संशोधन

एनएलजी इन्स्योरेन्सको हकप्रद शेयर संशोधन

635
Shares

काठमाडौं – एनएलजी इन्स्योरेन्स कम्पनि लिमिटेडले हकप्रद शेयरको दर संशोधन गरेको छ। इन्स्यारेन्सले अब ६२.५६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ।

इन्स्योरेन्सले यस अघि ६६ प्रतिशतका दरले हकप्रद शेयर निष्काशन गर्ने घोषणा गरेको थियो। तर, सो हकप्रद शेयर स्वीकृत हुनुभन्दा अगाडि नै ५.५० प्रतिशतका दरले बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित भएकोले इन्स्योरेन्सले हकप्रद शेयरको दर संशोधन गरेको हो। यस अनुसार अब इन्स्योरेन्सले हाल कायम १० कित्ता बराबर नयाँ ६.२५६ अनुपातमा हकप्रद शेयर निष्काशन गर्नेछ।

५.५० प्रतिशत बोनस शेयर वितरणपश्चात इन्स्योरेन्सको चुक्ता पूँजी १ अर्ब ५३ करोड ९५ लाख ३५ हजार ९५८ रुपैयाँ ९७ पैसा रहेको छ।

नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात इन्स्योरेन्सले सो दरमा हकप्रद शेयर निष्काशन गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij