२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफको साधारण सभा आह्वान

प्रभु महालक्ष्मी लाइफको साधारण सभा आह्वान

430
Shares

काठमाडौं-  प्रभु महालक्ष्मी लाइफ इन्सुरेन्स लिमिटेडले   सातौं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनी सञ्चालक समितिको आइतबार (भदौ २३ गते) बसेको बैठकले आगामी महिना असोज २३ गते साधारण सभा गर्ने निर्णय गरेको हो।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.५२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने भएको छ ।

साथै, कम्पनीले यसअघि घोषणा गरेको १७ प्रतिशत हकप्रद सेयरलाई परिमार्जन गरी बोनस सेयर वितरणपछि कायम हुने पुँजीबाट ७ प्रतिशत मात्र हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि पेश गर्ने कार्यसूची रहेको छ ।

यस्तै, आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा समावेश गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij