काठमाडौं- नेपालको सबैभन्दा ठूलो र नं.१ ब्राण्ड सि.जी.ले दशैँ र तिहारको अवसरमा ‘नेपालकै अब्बल सीजीसँग खुसी डब्बल’ योजना सार्वजनिक गरेको छ ।
सि.जी.ले आफ्ना ग्राहकहरुको दशैँ तिहार थप उल्लासमय बनाउन लक्षित यस योजनाले प्रत्येक सि.जी.का सामानहरुको खररदमा आकर्षक क्यासब्याक र पक्का उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ। यस योजना अन्तर्गत, सि.जी. तथा सि.जी. मेरिडियाका सामानहरुको खरिदमा रु ६०,५०० सम्मको क्यासब्याक र ग्यारेन्टी उपहारहरू प्राप्त गर्न सक्नुहुनेछ।
यस स्किममा निम्न पक्का उपहारहरु रहेका छन, सि.जी.टि.भी.६५” र ७५” र सि.जी.क्यूलेड (५५” र माथि) को खरिदमा २.१ स्पिकर फ्री, सि. जी.रेफ्रिजरेटर (डबल डोर) को खरिदमा फ्राइ प्यान फ्री, सि.जी.रेफ्रिजरेटर (साइड बाई साइड -मल्टी डोर) को खरिदमा मेरिडिया भ्याकुम फ्री, सि.जी.माइक्रोवेभ ओभनको खरिदमा कुकिंग किट फ्री, सि. जी. फ्रन्ट लोड वाशिङ मेशिनको खरिदमा एरियल (६ किलो) फ्री, सि.जी.सेमी र टप लोड वाशिङ मेशिनको खरिदमा एरियल (३ किलो) फ्री, सि.जी. डिशवाशर को खरिदमा डिशवाशर किट फ्री रहेका छन् । यस चाडपर्व अफरमा ग्राहकहरूले सि.जी. टि.भी. (३२” देखि ५५” सम्म) खरिद गर्दा आकर्षक क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ । त्यस्तै, यो योजना अन्तरर्गत सि। जी। स्पिकर, चेस्ट फ्रिजर, सिंगल डोर फ्रिज र भ्याकुम क्लिनर खरिद गर्दा पनि क्यासब्याक प्राप्त गर्न सक्नु हुनेछ ।
त्यसैगरी, सि.जी.ले आफ्ना ग्राहकहरूलाई सि.जी.एयर कन्डिसनर खरिद गरेबापत निःशुल्क जडान प्रदान गर्दछ । यो योजना भाद्र २३, २०८१ बाट नेपालभर सीमित अवधिको लागि देशभर लागू हुनेछ। नेपालकै नं.१ र ठुलो ब्राण्ड सि.जी. प्रत्येक नेपालीहरुको मन जित्न सफल भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij