२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा भित्रियो

प्रिमियम जर्मन वाच ब्राण्ड नोमोस आधिकारीक रुपमा भित्रियो

505
Shares

काठमाडौं – जर्मन लक्जरी वाच मेकर ‘नोमोस ग्लासहुट’ नेपाली बजारमा आधिकारीक रुपमा भित्रिएको छ । ५२ वर्ष अघि नेपालमा लक्जरी स्विस वाच आयात तथा विक्री वितरण गर्न थालेको स्विस टाईमपिसेस् नेपाल प्रालिले नोमसलाई भदौ १५ गते एक औपचारीक समारोह आयोजना गरि लन्च गरेको हो ।
स्विच टाईमपिसेस् नेपालको दरबारमार्गस्थित शोरुमबाट नोमोसको बिक्री तथा बिक्री पश्चातको सेवाको शुभारम्भ गरिएको हो ।

सन् १९९० मा जर्मनीको ग्लासहुटमा स्थापना गरिएको नोमोसले म्यानुअल वाईण्डिङ् र अटोमेटिक मेकानिकल वाच उत्पादनमा आफूलाई विशिष्टकृत गरेको छ । डिजाईनमा सिम्प्लिसिटी र एलिगेन्स भएका नोमस वाच मिनिमलिस्ट वाच डिजाईनका रुपमा संसारभर ख्याति पाउन सफल छ । प्रिसाईज्ड टाईम किपिङ्का लागि चिनिएको नोमोस वाच कलेक्टरहरुले सार्बधिक रुपमा आफ्नो कलेक्सनमा राख्न रुचाउने मध्येको एक ब्राण्ड भएको कम्पनीले जनाएको छ । स्विजरल्याण्ड भन्दा बाहिर रहेर वाच मेकिङ्मा ठूलो सफलता हाँसिल गर्ने थोरै ब्राण्ड मध्येको नोमसलाई जर्मनी र विश्व भरनै सम्मानपूर्वक लिइने गरिन्छ ।

‘नेपाली वाच कलेक्टरहरुले लामो समयदेखी प्रतिक्षा गरेको नोमस नेपाली बजारमा भित्र्याउन पाँउदा हामी निक्कै हर्षित भएका छौं,’ नेपाली बजारमा नोमसलाई आधिकारीक रुपमा लन्च गर्दै स्विस टाईमपिसेस् नेपालका अध्यक्ष शम्भु दयाल झुनझुवाला भने, ‘यो आधुनिक पुस्ताले मन पराउने ब्राण्ड र डिजाईन हो । नोमसले आफ्नो ऐतिहाँसिक महत्व कायम गर्दै डिजाईनमा आधुनिकता ल्याएको छ । नोमस वाच कलेक्टरहरुले खुब मन पराउँछन् ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij