२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एससीटीले ल्यायो चाडपर्व लक्षित ‘तिर्की दाउ’ अफर

एससीटीले ल्यायो चाडपर्व लक्षित ‘तिर्की दाउ’ अफर

1.4K
Shares

काठमाडौं – स्मार्टचोइस टेक्नोलोजिज लिमिटेड (एससीटी) ले हरितालिका तीज, दशैं तथा दीपावली पर्वलाई लक्षित गरेर ‘तिर्की दाउ’ अफर सार्वजनिक गरेको छ ।

अफर अन्तर्गत ‘एससीटी–यूपीआई’ डेबिट कार्ड प्रयोगकर्ताले कुनै पनि खरिदमा ‘पीओएस’ मार्फत विद्युतीय कारोबार गर्दा ७७७ रुपैयाँसम्मको क्यासब्याक पाउने भएका छन् । ‘एससीटी–यूपीआई’ डेबिट कार्ड नभएका ग्राहकले कार्ड जारी गर्न एससीटीसँग आबद्ध बैंक तथा वित्तीय संस्थाहरूबाट प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ ।

ग्राहकले यस अवधिमा ६ महिनादेखि प्रयोगमा नल्याएको ‘एससीटी–यूपीआई’ डेबिट कार्ड प्रयोग गरेमा १११ को क्यासब्याक र सबै प्रयोगकर्ताले तीन वा सोभन्दा धेरैपटक कारोबार गर्दा ३३३ रुपैयाँ क्यासब्याक प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
साथै, सात वा सो भन्दा धेरै कारोबार गर्दा रु ७७७ क्यासब्याक पाउन सक्नेछन् । हरेक कारोबारको रकम ५०० वा सोभन्दा धेरै हुनपर्नेछ र एउटै टर्मिनलबाट दिनको एकपटकको कारोबार मात्र अफरका लागि मान्य हुनेछ ।

साथै, भारतमा पनि नेपाली रुपैयाँ २५०० वा सोभन्दा धेरैको कारोबार गरेको खण्डमा नेपाली रुपैयाँ २५० को क्यासब्याक प्राप्त गर्न सक्नेछन् । अफरको विस्तृत विवरण र सर्त तथा वन्देजहरु एससिटी को आधिकारिक वेबसाइटमा पाउन सकिनेछ । यो अफर यहि सेप्टेम्बेर १ देखि अक्टोबर ३१ सम्म लागु हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij