२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सन नेपाल लाइफको चिफ मार्केटिङ अधिकृतमा गणेश चौलागाई नियुक्त

सन नेपाल लाइफको चिफ मार्केटिङ अधिकृतमा गणेश चौलागाई नियुक्त

1.5K
Shares

काठमाडौं – सन नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको चिफ मार्केटिङ अधिकृतमा गणेश चौलागाई नियुक्त भएका छन् । यसअघि आइएमई लाइफको चिफ मार्केटिङ अधिकृतको जिम्मेवारी सम्हाल्दै आएका चौलागाई सन नेपाल लाइफमा नियुक्त भएका हुन् । जीवन बीमा पेशामा १८ वर्षदेखि सकृय चौलागाईसँग पुनर्बीमा,बीमालेख अनुसन्धान तथा विकास, बजार व्यवस्थापन विभागमा समेत कार्य गरेको अनुभव छ।

उनले सिक्किम मनिपाल विश्वविद्यालयबाट एमबिए र नेपाल कमर्श क्याम्पसबाट एमबिएस तहको शैक्षिक उपाधि हासिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij