२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

नथिङ् बन्यो संसारकै फास्टेस्ट ग्रोईङ स्मार्टफोन ब्राण्ड

980
Shares

काठमाडाैं- युनिक डिजाईन, पावरफुल स्पेसिफिकेसन र परफरमेन्स सेन्ट्रिक इन्जिनियरिङ गरिएको प्रिमियम स्मार्टफोन ब्राण्ड नथिङले आफ्नो पहिलो स्मार्टफोन लन्च गरेको दुई बर्षमै विश्व बजारमा हलचल मच्चाउन सफल भएको छ।

सन् २०२२ मा पहिलो स्मार्टफोन नथिङ फोन वान लन्च गरेको नथिङले सन् २०२४ को पहिलो चौमासिक सम्म आईपुग्दा ६९३ प्रतिशतको बार्षिक बृद्धि हाँसिल गर्न सफल भएको हो।

यो अप्रत्यासित बृद्धिदर हाँसिल हुनमा यसले विश्व बजारमा ल्याएको मिडरेन्ज स्मार्टफोन नथिङ फोन टु ए को मुख्य भूमिका रहेको मार्केट रिसर्च फर्म क्यानालिसले आफ्नो रिपोर्टमा उल्लेख गरेको छ।

स्मार्ट फोन डिजाईन निक्कै बोरिङ भए यसलाई नयाँ डिजाईन ल्याङ्ग्वेजमा नयाँ तरिकाले रिडिजाईन गरिन आवश्यक छ भन्दै नथिङ्का संस्थापक कार्ल पेई ले आफ्नो पहिलो स्मार्टफोन फोन वान लाई प्रिमियम लुक्स र डिजाईनमा विश्व बजारमा सन् २०२२ मा उतारेका थिए ।

आम उपभोक्ताले यसलाई अत्याधिक रुचाए । यो विश्व बजारको तत्कालिन फ्ल्यागसिप किलर बन्न सफल भयो । जसको दोश्रो संस्कर फोन टु प्रति उपभोक्ताको उस्तै उत्साहजनक प्रतिक्रिया रह्यो ।

जसले उत्साहित भएको नथिङ्ले उही डिजाईन ल्याङ्ग्वेज र उही प्रिमियमनेसमा अझ एफोर्डेबल बनाउँदै नथिङ् फोन टु ए विश्व बजारमा उतारेपछी नथिङ् ठूला स्मार्टफोन उत्पादकलाई नथिङ् ठूलो चुनौती बन्ने देखिएको हो । भारत जस्तो मूल्यमा ज्यादै संवेदनशिल बजारमा नथिङ् फोन २ ए एकैदिनमा एक लाख युनिट विक्री गरेर रेकर्ड कायम गर्न सफल भयो ।

यता नेपाली बजारमा चौधरी समूह अन्तर्गतको सिजी मोबाईलले नथिङ् नेपाली बजारमा दुई महिना अगाडी आधिकारीक रुपमा लन्च गरेको हो । चौधरी समूहका प्रबन्ध निर्देशक निर्वाण चौधरीको प्रतक्ष्य संलग्नतामा नथिङ् नेपाली बजारमा भित्रिएकोले यो ब्राण्ड प्रति चौधरी समूहको लगाव र संभाब्यता बोकेको ब्राण्ड भएको प्रष्टै देखिन्छ ।

“अन्तर्राष्ट्रिय बजारमा नथिङ्ले जुन रफ्तारमा आफूलाई अगाडि बढाउन सफल भएको छ त्यही लयमा नेपाली बजारमा नथिङलाई अगाडि बढाउन हामी अग्रसर भईसकेका छौं“, सिजी मोबाईलका महाप्रबन्धक विनय जोशी भन्छन्, “नथिङ् एकातर्फ प्रिमियम ब्राण्ड हो भने अर्कातर्फ यो ज्यादै उपभोक्तामूखी छ । जसको उदाहरणको रुपमा यसको रिप्लेसमेन्ट पोलिसीलाई लिन सकिन्छ । वारेन्टीमा आएको समस्या होस् या फिजिकल ड्यामेज नथिङ्का स्मार्टफोन ग्राहकले रिप्लेसमेन्टमा नयाँ सेट पाउँछन् ।“

नथिङ्ले स्मार्टफोनमा मात्र नभएर बड्मा समेत ७६९ प्रतिशतको बृद्धि हाँसिल गरेको हो । टाढैबाट डिजाईनमा अलग देखिने नथिङ्ले आफ्नो दोश्रो ब्राण्ड सिएमएफ सन् २०२३ मा लन्च गरको थियो । प्रतिस्पर्धी बजारमा बढी उपभोक्ता माझ पुग्नका लागि प्रतिस्पर्धी मूल्यका स्मार्टफोन, बड्स् तथा स्मार्टवाच समेत सिएमएफले उत्पादन तथा विक्री वितरण गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij