२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शिखर इन्स्योरेन्सको नाफा ५१ करोड ३० लाख

शिखर इन्स्योरेन्सको नाफा ५१ करोड ३० लाख

455
Shares

काठमाडौं– शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार इन्स्योरेन्सको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा इन्स्योरेन्सले ५१ करोड ३० लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १२६.८७ प्रतिशत बढी हो। अघिल्लो आर्थिक वर्ष इन्स्योरेन्सले २२ करोड ६१ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।

समीक्षा अवधिमा इन्स्योरेन्सको खुद आर्जित बीमाशुल्क १३.३२ प्रतिशत र कुल आम्दानी ४.०६ प्रतिशत बढेको छ। सो अवधिमा इन्स्योरेन्सको खुद दाबी भुक्तानी ९.८२ प्रतिशत घटेको छ भने कुल खर्च ४.७४ प्रतिशत घटेको छ।

नाफासँगै इन्स्योरेन्सको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा इन्स्योरेन्सको यस्तो आम्दानी १० रुपैयाँ ८१ पैसा बढेर १९ रुपैयाँ ३२ पैसा पुगेको छ। सो अवधिसम्ममा इन्स्योरेन्सको प्रतिशेयर नेटवर्थ २०४ रुपैयाँ ५९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३७.४२ गुणा रहेको छ।

२ अर्ब ६५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको विशेष जगेडामा १ अर्ब ७१ करोड रुपैयाँ, महाविपत्ती कोषमा १४ करोड १२ लाख रुपैयाँ, रिटेन्ड अर्निङ्गमा ३१ करोड ५१ लाख रुपैयाँ र अन्य इक्विटीमा ६० करोड १४ लाख रुपैयाँ रहेको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij