२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस सेयर सूचीकृत

नेप्सेमा एक इन्स्योरेन्स कम्पनिको बोनस सेयर सूचीकृत

545
Shares

काठमाडौं –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आइतबार  आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडको १ करोड कित्ता सेयर सूचीकृत भएको छ । कम्पनीले वितरण गरेको बोनस वापतको सेयर नेप्सेमा  सूचीकृत भएको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २५ प्रतिशतले हुन आउने १ अर्ब रुपैयाँ बराबरको १ करोड कित्ता बोनस सेयर वितरण गरेको थियो । उक्त वितरित बोनस सेयर आइतबार सूचीकृत भएको हो ।

उक्त सेयर वितरण भएसँगै कम्पनीको चुक्ता पुँजी ५ अर्ब पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij