२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपालले पायो ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’को अवार्ड

नेपालले पायो ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’को अवार्ड

560
Shares

काठमाडौं- नेपालले ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘वेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेसन’ को उपाधि पाएको छ। विभिन्न देशहरूको नोमिनेसनबाट नेपालले यो उपाधि पाएको हो।

ट्राभल वर्ल्ड अनलाइन (टिडब्लुओ)ले भारतको नयाँ दिल्लीमा शुक्रबार (२ अगस्ट २०२४) आयोजना गरेको कार्यक्रममा नेपाललाई ग्लोबल टुरिजम अवार्ड २०२४ मा ‘बेस्ट ट्राभल फ्रेन्डली गन्तव्य’ को रूपमा सम्मान गरिएको हो।

नेपालको तर्फबाट ‘बेस्ट ट्राभल फ्रेन्डली डेस्टिनेसन’ अवार्ड ग्रहण गर्दै नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले यो सम्मानले नेपाल पर्यटकका लाागि सुरक्षित र पर्यटकमैत्री गन्तव्य हो भने सन्देश विश्वभर फैलाउन सहयोग पुगेको बताए।

यसले नेपालको समग्र पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने बताउँदै उनले भने, ‘यो अवार्ड पाउँदा हामी गौरवान्वित भएका छौं। यस उपलब्धिमा योगदान पुर्‍याउने सबै साझेदारहरू र सरोकारवालाहरूप्रति हार्दिक आभार प्रकट गर्दछौं।’

अवार्ड समारोहमा पर्यटन उद्योगमा उत्कृष्टता र नवप्रवर्तनको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याउने व्यक्ति तथा संस्थालाई सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij