२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफको सीईओमा कबि फुयाल पुनः नियुक्त

आइएमई लाइफको सीईओमा कबि फुयाल पुनः नियुक्त

645
Shares

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कबि फुयालाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ ।
आगामी चार वर्षको लागि कम्पनी सञ्चालक समितिको बैठकले सीईओमा कबि फुयाललाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनी सञ्चालक समितिले गरेको निर्णयलाई अन्तिम स्वीकृतीको लागि नियमनकारी निकाय बीमा प्राधिकरण पठाएको छ ।

फुयाल २०७७ साल भदौं ७ गते कम्पनीको सिइओ नियुक्त भएका थिए । कम्पनीको सीईओमा फुयाललाई दोस्रो कार्यकालका लागि नियुक्त गर्ने निर्णय प्राधिकरणबाट स्वीकृत भएपश्चात उनी आगामी ४ वर्षको लागि आइएमई लाइफ इन्स्योरेन्सको सिइओ बन्नेछन् । उनको कार्यकाल सकिनु अघि नै नियामकीय प्रक्रिया अनुसार पुनः नियुक्ती प्रक्रिया अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij