काठमाडौं– एशियन लाइफ इन्स्योरेन्स कम्पनि लिमिटेडले २ लाख ७१ हजार ४६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले विद्यमान संस्थापक शेयरधनीहरु र अन्यले खरिद गर्न पाउने गरी शेयर बिक्रीमा ल्याएको हो।
संस्थापक शेयरको मूल्य प्रतिकित्ता ३५० रुपैयाँ तोकिएको छ। लगानीकर्ताले सो दरमा साउन २८ गतेभित्र आवश्यक कागजात प्रमाण संकलन गरी नेपाल बीमा प्राधिकरणबाट जारी ‘बीमकको संस्थापक शेयर कारोबार सम्बन्धि निर्देशिका २०७७’ बमोजिम कागजातहरु इन्स्योरेन्सको केन्द्रिय कार्यालय, काठमाडौँमा प्राप्त हुने गरी निवेदन दिनु पर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij