२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

नेशनल लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

390
Shares

काठमाडौं -नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्स कम्पनीले दिवश विक्रम शाहको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको हो ।

शाहले आफ्नो स्वामित्वमा रहेको १ लाख कित्ता संस्थापक सेयर बिक्रीमा राखेका हुन् । उक्त सेयर खरिद गर्न इच्छक विद्यमान संस्थापक सेयरधनीहरूले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यदि सो अवधिमा संस्थापक सेयरधनीको आवेदन नपरेमा सर्वसाधारण लगानीकर्ताका लागि बिक्री खुला गर्ने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij