२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालयन एभरेष्ट इन्स्योरेन्सले इन्स्योरेन्स एशिया अवार्डतर्फ दुई उत्कृष्ट पुरस्कार पायो

हिमालयन एभरेष्ट इन्स्योरेन्सले इन्स्योरेन्स एशिया अवार्डतर्फ दुई उत्कृष्ट पुरस्कार पायो

1.4K
Shares

काठमाडौं– हिमालयन एभरेष्ट इन्स्योरेन्स लि.ले सिंगापुरमा आयोजित इन्स्योरेन्स एशिया अवार्ड २०२४ मा ‘डोमेस्टिक जेनेरल इन्स्योरर–नेपाल’ र  ‘स्ट्राटजिक पार्ट्नरशिप अफ द इयर–नेपाल’ अवार्ड पाएको छ ।

यस बारेमा बोल्दै कम्पनीका डेपुटी जेनेरल म्यानेजर सञ्जय अर्याल भने “यी अवार्डहरूले हामीलाई नयाँ मापदण्डहरू बनाउन र हाम्रा सेवाग्राहीहरुलाई अझै उत्कृष्ट सेवाहरू प्रदान गर्न प्रेरित गरेको छ । हामीलाई यहाँसम्म आइपुग्न साथ दिने समस्त सेवाग्रही तथा साझेदारहरुप्रति आभार व्यक्त गर्न चाहन्छौं।”

यी दुवै अन्तरराष्ट्रिय अवार्डहरूले डिजिटल सेवाहरू र एनसेल, ई-सेवा र खल्ती जस्ता कम्पनीहरूसँगको साझेदारीमार्फत वित्तीय समावेशीकरणलाई प्रबर्द्धन गर्न  निर्वाह गरेको मुख्य भूमिकालाई उजागर गरेको पनि कम्पनीको भनाइ छ ।

यी उपलब्धिहरूले बीमा उद्योगमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको नेतृत्व, नवप्रवर्तन र उत्कृष्टताप्रतिको समर्पणलाई बलियोे बनाएको पनि कम्पनीले बताएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij