२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर वितरण

सूर्यज्योति लाइफ इन्स्योरेन्सको बोनस सेयर वितरण

755
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स लि.को चुक्ता पुँजीको १०.२६ प्रतिशत बोनस सेयर वितरण भएको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७९/८० बाट वितरण गरेको बोनस सेयर डिम्याट खाता जम्मा भएको हो ।

कम्पनीको बोनस सेयर गत बैशाख ६ गतेसम्म शेयर अभौतिकीकरण तथा कायम सेयरधनीहरुको हितग्राही खातामा बोनस सेयर जम्मा गरिएको छ ।उक्त मितिपश्चात सेयर अभौतिकीकरण गराएका सेयरधनीहरुको डिम्याट खातामा भने क्रमशः बोनस सेयर जम्मा गर्दै जाने पनि कम्पनीले बताएको छ ।

उक्त बोनस सेयर गत बैशाख २१ गते सम्पन्न कम्पनीको १६ औँ वार्षिक साधारण सभाले १०.२६ प्रतिशत बोनस सेयर र कर प्रयोजन सअित २४.७४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । सोही बोनस सेयर कम्पनीले सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटल मार्फत वितरण भएको जनाएको हो ।

सूर्यज्योति लाइफको बोनस सेयर नेप्से तथा सीडीएससीमा दर्ता भई अभौतिक रुपमा कारोबार हुने व्यवस्था भैसकेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij