२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

निर्देशक सुशीलदेव सुवेदीलाई बीमा प्राधिकरणको सचिवको जिम्मेवारी

निर्देशक सुशीलदेव सुवेदीलाई बीमा प्राधिकरणको सचिवको जिम्मेवारी

490
Shares

काठमाडौं– नेपाल बीमा प्राधिकरणको सञ्चालक समितिको सचिवको जिम्मेवारी निर्देशक सुशीलदेव सुवेदीले पाएका छन् । असार १ गतेदेखि लागु हुने गरी निर्देशक सुवेदीलाई सचिवको जिम्मेवारी दिएको प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको कार्यकारी निर्देशक राजुरमण पौडेल रिटायर भएपछि सचिव पद पनि रिक्त रहेको छ । प्राधिकरणमा कार्यकारी निर्देशक सञ्चाक समितिको सचिव हुने व्यवस्था छ ।

सुवेदिलाई अर्को व्यवस्था नभएसम्मका लागि उक्त जिम्मेवारी दिएको प्राधिकरणकी सहायक प्रवक्ता पुनम ज्ञवालीले जानकारी दिइन् । सुवेदिले केहि साता अघि प्रवक्ताको जिम्मेवारी पनि पाएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij