२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

1.6K
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीका दुई जना संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर विक्री गर्न इच्छा राखी निवेदन दिए अनुसार कम्पनीले संस्थापक शेयरधनीहरूको नाममा रहेको ३० हजार १२० कित्ता शेयर बिक्रीमा राखेको छ ।

कम्पनीले संस्थापक शेयरधनी विराट कुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३७५ कित्ता र सरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७४५ कित्ता शेयर बिक्रीमा राखेको हो । यस शेयरमा इच्छुक जोकोहीले खरिदका लागि आवेदन दिन पाउनेछन् । शेयर खरिद गर्न इच्छुकले आवश्यक कागजात सहित सात दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा आवेदन दिन कम्पनीले आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij