२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेपाल पुनर्बीमा कम्पनी सीईओका लागि पाँच जना सर्टलिष्ट, को–को परे ?

नेपाल पुनर्बीमा कम्पनी सीईओका लागि पाँच जना सर्टलिष्ट, को–को परे ?

1.3K
Shares

काठमाडौं – नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) को लागि पाँच जनाको नाम सर्टलिष्ट भएको छ । सोमबार बसेको सीईओ छनोट तथा सिफारिस समितिले पाँच जनाको नाम सर्टलिष्ट गरेको हो । समितिका अनुसार दामोदर भण्डारी, नारायण कुमार भट्टराई, बुद्धकाजी श्रेष्ठ, श्रीमान कार्की र सुरेन्द्र थापा सर्टलिष्टमा परेका छन् ।
सर्टलिष्टमा परेका भण्डारी नेपाल पुनर्बीमा कम्पनीका निमित्त सीईओ हुन् भने कार्की साबिक बीमा समितिका पूर्वकामु कार्यकारी निर्देशक हुन् । श्रेष्ठ साबिक युनाइटेड इन्स्योरेन्सका पूर्वसञ्चालक हुन् भने भट्टराई साबिक गुराँस लाइफ इन्स्योरेन्सका पूर्वसीईओ र थापा साबिक राष्ट्रिय बीमा संस्थानका पूर्वसहायक प्रशासक र अजोड इन्स्योरेन्सको पूर्वडीसीओ हुन् ।

सर्टलिष्टमा परेकाहरूलाई व्यावसायिक कार्यजोजनाको प्रस्तुतीकरण तथा अन्तवार्ताका लागि यही जेठ ११ गते नेपाल पुनर्बीमा कम्पनीको कार्यालयमा बोलाइएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij