२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफ इन्स्योरेन्सको रोक्का कारोबार फुकुवा

सिटिजन लाइफ इन्स्योरेन्सको रोक्का कारोबार फुकुवा

1.5K
Shares

काठमाडौं–  सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको रोक्का रहेको कारोबार फुकुवा भएको छ । सिटिजन लाइफले प्रिमियमबाट संकलन गरेको रकम बोनस शेयर दिने घोषणा गरेपछि नेपाल बीमा प्राधिकरणले सो लाभांश रोक्का गरेको थियो । लाभांश रोक्का गरेसँगै नेपाल स्टक एक्सचेन्जले कारोबार रोक्का गरेको थियो
लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सदैव प्रचलित कानुनको परिपालना गर्ने प्रतिबद्धता पत्रमार्फत व्यक्त गरेको पछि सिटिजन लाइफको कारोबार खुला गरिएको हो । नेप्सेले धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम १६(१) (ग) मा भएको व्यवस्था पालना नगरेकोले लगानीकर्ताको हित र धितोपत्र कारोबारलाई स्वच्छ राख्न सो कारोबार स्थगित गरेको नेप्सेको दाबी थियो।

इन्स्योरेन्सको बैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले चुक्ता पूँजी वृद्दि गर्न २६.९८ प्रतिशतका दरले बोनस शेयर र १.४२ प्रतिशतका दरले अन्तरिम लाभांश वितण गर्ने निर्णय गरेको थियो। सोही लाभांश प्राधिकरणले वितरण नगर्न निर्देशन दिएपश्चात रद्द गरिएको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij