२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सानिमा रिलायन्सको नाफामा ९२.९४ प्रतिशत बढ्यो

सानिमा रिलायन्सको नाफामा ९२.९४ प्रतिशत बढ्यो

830
Shares

काठमाडौं– सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा आकर्षक नाफा बढाएको वित्तीय विवरण सार्वजानिक गरेको छ। गत आर्थिक वर्षमा १५ करोड ७९ लाख रुपैयाँ नाफा कमाएको कम्पनीले चालु आर्थिक वर्षको सोहि अवधिमा ३० करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ जुन गत वर्षको तुलनामा ९२.९४ प्रतिशत धेरै हो ।

कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी बढेको छ। यसले नाफा बढाउन सहयोग पुगेका देखिन्छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद बिमा शुल्क ११७.०८ प्रतिशतले बढेर ४ अर्ब १ करोड रुपैयाँ पुगेको छ। कम्पनीका बीमा कोषको आकार २४.१४ प्रतिशतले बढेर १३ अर्ब ५५ करोड रुपैयाँ भन्दा बढी पुगेको छ। तेस्रो त्रैमाससम्ममा कम्पनीले कुल १ अर्ब ४१ करोड रुपैयाँ दाबि भुक्तानी गरेको छ।

चालु आर्थिक वर्षमा कम्पनीले लगानी तथा कर्जाबाट हुने आम्दानी १४२.७२ प्रतिशतले बढाएर १ अर्ब १२ करोड रुपैयाँ पुर्याएको छ। गत वर्ष यस्तो आम्दानी ४६ करोड ४२ लाख रुपैयाँ थियो।

हाल ४ अर्ब १८ करोड रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको रिटेन्ड अर्निङमा ९९ करोड ७२ लाख रुपैयाँ रहेको छ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रतिसेयर आम्दानी ९ रुपैयाँ ७१ पैसा छ भने प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ९९ पैसा छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij