२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफको डायनामिक क्यूआर सेवा संचालनमा

सूर्यज्योति लाइफको डायनामिक क्यूआर सेवा संचालनमा

690
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना प्रविधिमैत्री सेवाहरुलाई अझ सुदृढ गर्दै सेवाग्राहीहरुका लागि सुविधायुक्त भुक्तानीको माध्यमको रुपमा डायनामिक क्यूआर पेमेन्ट सिष्टम संचालनमा ल्याएको छ।

डायनामिक क्यूआर पेमेन्ट सिष्टमको उपयोगले बीमितहरुले जुनसुकै समयमा जुनसुकै स्थानबाट आफ्नो बीमालेख सुरक्षित तथा सहज तवरले भुक्तानी गर्न सक्नेछन उक्त भुक्तानीको नोटिफिकेसन र अन्य विवरण मोबाईल एप मार्फत हेर्न मिल्ने व्यवस्था रहेको छ।

डायनामिक क्यूआर पेमेन्ट सिष्टम मा विभिन्न बैंकको नियमानुसार अधिकतम ३ लाख सम्मको भुक्तानी गर्न मिल्ने सुविधा रहेको र फोन पे को माध्यम प्रयोग गर्ने कुनै पनि बैंक, सहकारी वा कनेक्ट आईपीएस एप लगायत अन्य डिजिटल माध्यमबाट भुक्तानी गर्न सकिनेछ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्रीले भने, ‘अरु क्षेत्रमा डायनामिक क्यूआर पहिलेदेखि नै प्रचलनमा भए पनि जीवन बीमाक्षेत्रमा भने यो नयाँ अभ्यास हो । हरेक ग्राहकका लागि फरकफरक क्यूआर बन्ने र भुक्तानी गर्नासाथ आफैं सिस्टममा अपडेट हुने यसको विशेषता हो ।

यस डायनामिक क्यूआर पेमेन्ट सिष्टमको मद्दतले सेवाग्राहीहरुले घरमै बसी आफ्नो मोबाईल अथवा सूर्यज्योति लाइफको वेबसाईट मार्फत् आफ्नो विवरण भरि डायनामिक क्यूआर प्राप्त गर्ने र सो डायनामिक क्यूआर स्क्यान गरि छिटो छरितो रुपले बीमाशुल्क भुक्तानी गर्न सक्नुका साथै भुक्तानीको विवरण सेवाग्राहीहरुले तुरुन्तै एसएमएस मार्फत प्राप्त गर्न सक्नुहुनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij