काठमाडौं– नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सननेपाल लाइफ इन्स्योरेन्स लि.को शेयरमूल्य समायोजन भएको छ। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ इन्स्योरेन्सले बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो।
यस दिन नेप्सेले इन्स्योरेन्सको २३.८० प्रतिशत बोनस शेयर समायोजन गरेको हो। समायोजनपश्चात इन्स्योरेन्सको शेयरमूल्य ४७० रुपैयाँ ९२ पैसा कायम भएको छ। नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा इन्स्योरेन्सको शेयरमूल्य समायोजन गरेको हो। अघिल्लो कारोबार दिन अर्थात बुधबार दोस्रो बजारमा इन्स्योरेन्सको शेयर प्रतिकित्ता ५८३ रुपैयाँमा अन्तिम कारोबार भएको थियो।
यही समायोजित मूल्यलाई आधार मानेर यस दिन दोस्रो बजारमा इन्स्योरेन्सको शेयर कारोबार खुल्नेछ। इन्स्योरेन्सले जेठ ९ गते, बुधबार, अमृतभोग केटरर्स, कालिकास्थान, काठमाडौँमा सातौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको २३.८० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ १.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीको २७ प्रतिशतका दरले हकप्रद शेयर जारी गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने, सर्वसाधारण शेयरधनी समूहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij