२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिटिजन लाइफको लाभांश घोषणा, बोनस सेयर र नगद लाभांश कति ?

सिटिजन लाइफको लाभांश घोषणा, बोनस सेयर र नगद लाभांश कति ?

1.5K
Shares

काठमाडौं – सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बम्पर लाभांश घोषणा गरेको छ । वैशाख २३ गते बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७९-८० का लागि लाभांश घोषणा गरेको हो ।

कम्पनीको बैठकले गत आवका लागि सेयरधनीहरुलाई हाल कायम चुक्तापूँजी ३ अर्ब ९३ करोड रुपैयाँको २६.९८४१२६९८ प्रतिशत बोनस सेयर र १.४२०२२ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २८.४०४३४६९८ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो।

कम्पनीद्वारा प्रस्तावित लाभांश बीमा प्राधिकरणबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाबाट पारित गरि सेयरधनीहरुलाई वितरण गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij