२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

आईएमई लाइफ इन्स्योरेन्सको लाभांश संशोधन

2.2K
Shares

काठमाडौं– आईएमई लाइफ इन्स्योरेन्स लि.ले घोषणा गरेको लाभांश संशोधन गरेको छ। कम्पनीको वैशाख २१ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट वितरण गर्ने लाभांश संशोधन गरेको हो । हाल कम्पनीको चुक्ता पुंजी ४ अर्ब रहेको छ। २५ प्रतिशत बोनसपछि कम्पनीको चुक्ता पुंजी ५ अर्ब पुग्ने छ।
अब कम्पनीले हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत १.३१५८ प्रतिशतले हुन आउने ५ करोड २६ लाख ३१ हजार ५ सय ७९ रुपैयाँ बराबरको नगद लाभांश गरि कुल २६.३१५८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । नेपाल बीमा प्राधिकरणले स्वीकृत गरेपछि र कम्पनीको आगामी साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले यस अघि हाल कायम चुक्ता पुंजीको २५ प्रतिशतले हुन आउने १ अर्ब बराबरको बोनस शेयर र कर प्रयोजनको लागि समेत ९.५० प्रतिशतले हुन आउने ३८ करोड बराबरको नगद लाभांश गरि कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो। तर प्राधिकरणले वितरणयोग्य मुनफाबाट बोनस शेयर दिन पाइने र त्यसको कर प्रयोजनको लागि मात्र नगद लाभांश दिन पाइने व्यवस्था गर्न निर्देशन दिएकोले लाभांश संशोधन गरिएको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij