२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

590
Shares

काठमाण्डौ – प्रभु इन्स्योरेन्स लिमिटेडको २८ औँ वार्षिक साधारण सभा बैशाख २० गते बिहिबार सम्पन्न भएको छ । तीनकुने काठमाण्डौस्थित कम्पनीको केन्द्रीय कार्यालय “प्रभु कम्प्लेक्स” मा सम्पन्न भएको वार्षिक साधारण सभाले आर्थिक वर्ष २०७९/०८० को आर्थिक प्रतिवेदन पारित गर्नुका साथै कम्पनीले प्रस्ताव गरेको ४.७५ प्रतिशत बोनश शेयर तथा बोनश शेयरमा लाग्ने कर बापत ०.२५ प्रतिशत नगद लाभांश गरि जम्मा ५ प्रतिशत लाभांश साधारण सभाबाट स्वीकृत भएको छ ।

वार्षिक साधारण सभाले कम्पनीको संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालकहरुमा राहुल थोकर लामा तथा मिजास भट्टचनलाई सर्वसम्मत रुपमा चयन गर्नुका साथै सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्नुहुने सञ्चालकहरुमा रामेश्वर सापकोटा, राजेन्द्र मल्ल र साङ्गे लामालाई निर्वाचित गरेको छ । त्यसैगरी कम्पनीले श्री नेपाल बीमा प्राधिकरणबाट तोकिए बमोजिमको चुक्ता पूँजी रु.२ अर्व ५० करोड पु¥याउनका लागि स्वीकृत बोनश शेयर बितरण पश्चात कायम हुने चुक्ता पूँजीको ५०.१५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

वार्षिक साधारण सभामा सञ्चालक समितिको तर्फबाट प्रतिवेदन प्रस्तुत गर्नुहुंदै अध्यक्ष कुसुम लामाले कम्पनीले निरन्तर रुपमा आफ्नो व्यावसाय बृद्धि गर्दै संस्थागत शुशासन, आन्तरीक नियन्त्रण प्रणाली सुदृढ गर्दै समग्र रुपमा बीमा क्षेत्रमा देखिने जोखिम व्यवस्थापनलाई न्यूनीकरण गर्ने तर्फ बिशेष ध्यान दिई कार्य अगाडी बढाएको बताउँदै कम्पनीले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत समाजसंग जोडिएर काम गर्ने र समुदायहरुको दिगो आर्थिक र सामाजिक विकासको प्रवद्र्धन र उत्थानमा अग्रसर हुने नितिलाई प्राथमिकतामा राखी बिभिन्न कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको र यसलाई निरन्तरता दिईने बताउनु भयो ।

त्यैगरी ग्राहकको सन्तुष्टी नै कुनै पनि व्यवसायीक संस्थाको सफलता हो भन्ने कुरालाई मनन् गर्दै बीमा सेवालाई सबल तथा आधुनिकीकरण बनाउन Digital Transformation योजना लागू गरि कार्ययोजना अगाडि बढाईएको बताउनु हुंदै सूचना प्रविधि नै आधुनिक बीमाको आधारशिला तथा ग्राहक वर्गहरुको सन्तुष्टिको मुख्य आधार भएको कुरालाई मनन् गर्दै सूचना प्रविधिलाई सबल र विश्वसनीय बनाउनका लागि आवश्यक निति तर्जुमा गरि सूचना प्रबिधि, जोखिम व्यवस्थापन र कर्मचारी व्यवस्थापनलाई सुदृढिकरण गर्दै लगिएको बताउनु भयो ।

बार्षिक साधारण सभामा बिभिन्न शेयरधनीहरुले आफ्नो मन्तब्य, जिज्ञासा र सुझावहरु प्रस्तुत गर्नुहुंदै कम्पनीको समग्र प्रगती सन्तोषजनक रहेको बताउनु भयो । वार्षिक साधारण सभामा पेश भएका सामान्य तथा बिशेष प्रस्तावहरु अत्याधिक बहुमतले पारित गरियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij