२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

सूर्यज्योति लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

730
Shares

काठमाडौं – सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लि.को ३ लाख कित्ता शेयर बिक्रीमा राखिएको छ। एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखिएको हो।
बिक्रीमा राखिएको शेयरमा हाललाई विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन्। यसका लागि ३५ दिनको अवधि दिइएको छ।
बिक्रीमा राखिएको शेयरको न्यूनतम मूल्य प्रतिकित्ता २१० रुपैयाँ तोकिएको छ। इच्छुक संस्थापक शेयरधनीले दिइएको म्यादभित्र आफूले लिन चाहेको शेयर संख्या खुलाई काठमाडौंको थापाथलीस्थित एनआईसी एसिया क्यापिटलको कार्यालयमा निवेदन दिनुपर्नेछ।

तोकिएको म्यादभित्र संस्थापक शेयरधनीहरुबाट खरिद निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij