२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

आइएमई लाइफको बम्पर लाभांश घोषणा

आइएमई लाइफको बम्पर लाभांश घोषणा

1.7K
Shares

काठमाडौं – आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लि.ले आर्थिक वर्ष २०७९।८० का लागि बम्पर लाभांश घोषणा गरेको छ। आर्थिक वर्ष (२०७९-८०) को मूनाफाबाट आइएमई लाइफ इन्स्योरेन्सले सेयरधनीहरुलाई ३४.५० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

बुधबार बसेको कम्पनी सञ्चालक समिति बैठकले सेयरधनीहरुलाई २५ प्रतिशत बोनस सेयर र कर प्रयोजन सहित ९.५० प्रतिशत नगद लाभांश गरी कुल ३४.५० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

प्रस्तावित बोनस सेयर र नगद लाभांश नियामक नेपाल बिमा प्राधिकरण र कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि वितरण हुनेछ ।
यो बोनस शेयर वितरणपछि कम्पनीको चुक्तापुँजी ५ अर्ब रुपैयाँ पुग्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij