काठमाडौं – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआईएमबी एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रतापमान श्रेष्ठ र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत शिवान्त बहादुर पाँडेद्वारा हस्ताक्षर गरिएको छ ।
इन्स्योरेन्सले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाख रूपैयाँ बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण सेयरहरु प्रति सेयर अंकित मूल्य १०० रूपैयाँ दरमा सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो । निष्काशन गर्नको लागि मंगलबार धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न श्री एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरि सम्झौता गरिएको छ ।
यस कम्पनीमा संस्थापक लगानी ७० प्रतिशत रहेको छ भने आईपीओ जारीपश्चात सर्वसाधारणको लगानी ३० प्रतिशत रहनेछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij