२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

1.3K
Shares

काठमाडौं – प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । इन्स्योरेन्सले आइतबार एक सूचना जारी गर्दै संस्थापक सेयरधनी विराटकुमार श्रेष्ठको नाममा रहेको २७ हजार ३ सय ७५ कित्ता र सुरेन्द्र सुवेदीको नाममा रहेको २ हजार ७ सय ४५ कित्ता गरी ३० हजार १ सय २० कित्ता सेयर बिक्रीमा राखिएको जनाएको छ ।

इच्छुक संस्थापक सेयरधनीहरूले आजदेखि ३५ दिनभित्र आवेदन दिनुपर्ने छ । इच्छुक लगानीकर्ताले प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको केन्द्रीय कार्यालय कमलादी, काठमाडौंमा आवेदन दिन सक्ने छन् ।

३५ दिनभित्र संस्थापक सेयरधनीबाट आवेदन नआएमा कानुनबमोजिम प्रक्रिया अगाडि बढाइने इन्स्योरेन्सले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij