२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

1K
Shares

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताका लागि २०८० भदौ महिनामा सञ्चालन गरेको अभिकर्ता मासिक योजनाअन्तर्गत देशैभरिबाट उत्कृष्ट व्यवसय गरी लक्ष्य पूरा गर्न सफल करिब १४० जनाभन्दा बढी वरिष्ठ अभिकर्ताको उत्साहजनक उपस्थितिमा नेपालको पर्यटकीय क्षेत्र घान्द्रुकको भ्रमण गराएको छ।

भ्रमण कार्यक्रममा सहभागी भएका वरिष्ठ अभिकर्ताहरुले यस प्रकारको भ्रमण कार्यक्रमबाट देशैभर छरिएर रहेका अभिकर्ताबीच चिनजान हुनुका साथै एक आपसको अन्तर्क्रियाबाट धेरै कुरा जान्न र बुझ्न पाउने अवसर जुराइदिएकोमा कम्पनीलाई धन्यवाद ज्ञापन गरेका थिए।

३ रात ४ दिनसम्म सञ्चालन गरिएको उक्त भ्रमण कार्यक्रममा सहभागी अभिकर्ताले यथेष्ट मनोरञ्जन लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij