२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा.शिवहरि श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा डा.शिवहरि श्रेष्ठ नियुक्त

2.4K
Shares

काठमाडौं– राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा डा.शिवहरि श्रेष्ठ नियुक्त भएका छन् । कम्पनीको बैशाख १४ अर्थात बसेको सञ्चालक समितिको बैठकको निर्णयले डा. श्रेष्ठलाई सीईओ पदमा नियुक्त गरेको हो

यसअघि कम्पनीको सीईओ पदपूर्ति समितिले माघ २४ गते २१ दिने सूचना जारी गर्दै सीईओका लागि आवेदन खुला गरेको थियो। तोकिएको अवधिमा ९ जनाको आवेदन परेको थियो। तीमध्ये ४ जनाको नाम सर्टलिस्ट गरिएको थियो। सुरेन्द्र थापा, सुवास कोइराला, नारायणकुमार भट्टराई र डा. शिवहरि श्रेष्ठको नाम सर्टलिस्टमा परेका थिए । समितिको बैठकले आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी सबैमा अब्बल भएपछि श्रेष्ठलाई ४ वर्षका लागि सीईओमा नियुक्त गरेको हो ।

डा. श्रेष्ठ नेपाल खाद्य संस्थानका पूर्व प्रमुख हुन् । श्रेष्ठ नेपाल औद्योगिक विकास निगममा २५ वर्ष, बीमा संस्थानमा महाप्रवन्धक, सामुदायिक लघुवित्त संस्थाको प्रमुख कार्यकारी अधिकृत भइसकेका छन्। सर्टलिस्टमा परेकाहरुले बैशाख १२ गते प्रस्तुतीकरण र बैशाख १२ गते अन्तर्वार्ता दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij