२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए शपथ

क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सका अध्यक्ष ऋषिराज मोरले लिए शपथ

1.3K
Shares

काठमाडौँ – क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको अध्यक्ष पदमा ऋषिराज मोर सर्वसम्मत चयन भएका छन् । अध्यक्ष मोरलाई कम्पनीको प्रथम वार्षिक साधारण सभाले संस्थापक समूहको तर्फबाट निर्विरोध रूपमा निर्वाचित गरेको हो। २०८०। १२ । १९ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मत चयन गर्ने निर्णय गरेको थियो ।

अध्यक्ष पदमा चयन पश्चात् कम्पनीका अध्यक्ष ऋषिराज मोरले आज नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनीयताको शपथग्रहण गरेका छन् ।

उक्त शपथग्रहण कार्यक्रममा नेपाल बीमा प्राधिकरणका पदाधिकारीहरू लगायत कम्पनीका प्रमुख कार्य कारी अधिकृत प्रताप मान श्रेष्ठ तथा नायब प्रमुख कार्यकारी अधिकृत अभिजित के.सी.को समेत उपस्थित रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij