२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा

910
Shares

काठमाण्डौ – सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक शेयर बिक्रीमा राखेको छ । कम्पनीले ९५ हजार ४६६ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
कम्पनीले विद्यमान संस्थापक सेयरधनीका लागि मात्रै यो सेयर बिक्रीमा राखेको हो ।

इच्छुक संस्थापक सेयरधनीहरुले बबरमहल काठमाण्डौमा रहेको कम्पनीको प्रधान कार्यालयमा आईपुग्ने गरी आवेदन दिनुपर्नेछ। संस्थापक सेयरधनीले सेयर खरिदका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। तोकिएको समयभित्र खरिद आवेदन नपरेमा अन्य व्यक्ति तथा संघ संस्थालाई सेयर बिक्री गर्ने प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij