२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

एशियन लाइफद्वारा बीमितको घरमै गएर बीमा दावी भुक्तानी

एशियन लाइफद्वारा बीमितको घरमै गएर बीमा दावी भुक्तानी

1.6K
Shares

काठमाडौं – एशियन लाइफ इन्स्योरेन्स लिमिटेडले बीमितको घरमै गएर बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको नेपालगञ्ज शाखा कार्यालयले एक कार्यक्रमकाबीच बीमा दावी भुक्तानी वापतको २० लाख रुपैयाँ हस्तान्तरण गरेको हो ।

कम्पनीले मिना कुमारी मल्ललाई घातक रोग वापत बीमा दावी भुक्तानी गरेको छ । उनले नेपालगञ्ज शाखाबाट बीमाङक २० लाख रुपैयाँको बीमा गरेकी थिइन । उनलाई घातक रोग देखिएपछि उक्त रकम प्रदान गरेको हो ।

उक्त रकम प्रदेश प्रमुख जयानन्द भट्ट, कर्मचारी चन्द्रमाया गिरी र कम्पनीका अभिकर्ता शम्भु नाथ, कल्पना केसी, स्वस्तिका गिरी, कृष्ण पुन, स्थानिय कार्यपालिका सदस्य अमृता सिंह लगायतले नेपालगञ्ज १९ बाँके बीमितको घरमा गई बीमा दावी वापतको रकम हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij