२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयर लिलामीमा

सिद्धार्थ प्रिमियर इन्सुरेन्सको २ लाख ८७ हजार कित्ता सेयर लिलामीमा

1.4K
Shares
काठमाडौं –  सिद्धार्थ प्रिमियर इन्सुरेन्स लिमिटेडले आज (चैत १३ गते) देखि २ लाख ८७ हजार ५०० कित्ता संस्थापक सेयर लिलामी बिक्री खुला गरेको छ । लिलामी सेयरमा कम्पनीका संस्थापक सेयरधनी वा अन्य संघसस्था तथा सर्वसाधारणले पनि आवेदन दिन सक्नेछन् । यसमा न्यूनतम २१० रुपैयाँ वा सो भन्दा बढी मूल्य कबोल गरी गोप्य शिलबन्दी बोलपत्र पेश गर्नुपर्नेछ ।
लगानीकर्ताले न्यूनतम ५ हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा चैत २० गतेसम्म आवेदन दिन मिल्नेछ । आवेदकले बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटल, ट्रेड टावर थापाथली काठमाडौंमा पुग्ने गरी आवेदन बुझाउनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij