२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेरूडे मिर्मिरेले दियो ११ लाख बीमा दाबी रकम

नेरूडे मिर्मिरेले दियो ११ लाख बीमा दाबी रकम

1.5K
Shares

काठमाडौं – नेरुडे मिर्मिरे लघुबित्त वित्तिय संस्थाले ११ लाख बढी दाबी रकम भुक्तानी दिएको छ । शाखा कार्यालय हसुलियाले बीमा दाबी रकम ११ लाख पच्चिस हजार २ सय ५९ रुपैया भुक्तानी गरेको छ ।

शाखा कार्यालय हसुलियाको केन्द्र न. ७८ पबेरा मिर्मिरे ब्यावसायिक समुहमा आबद्ध सदस्य शिशिर चौधरीको मृत्यु पश्चात कर्जाको म्यादी जीबन बीमा बापत मृतकको श्रीमती मोनिका चौधरीलाई बीमांक तथा क्रिया खर्च वापतको उक्त रकम भुक्तानी गरेको हो ।

संस्थाले मेट लाईफ एलिको ईन्स्योरेन्स कम्पनीसंग सदस्यको जिबन बिमा सहकार्य गरेकोमा उक्त दाबी रकम कैलारी गाउँपालिका वडा नं। ५ का अध्यक्ष बिष्णु चौधरीले चेक मार्फत हस्तान्तरण गरेका हुन् ।

दाबी रकम हस्तान्तरण कार्यक्रममा बौनिया क्लष्टर प्रमुख मनोज कुमार ओली,  सुदुर पश्चिम प्रदेशका कर्मचारीहरू आयोग घिमिरे, कर्जा असुली प्रमुख सुरत बहादुर सुनार, शाखा प्रमुख पुष्पराज कडायत, शाखाका कर्मचारीहरु गोपाल बहादुर कडायत, जानकी शाही,  नरेश कुवँर तथा केन्द्र नं। ७८ का सदस्यहरु तथा स्थानीय भद्र भलादमीहरुको उपस्थिति रहेको थियो ।

दाबी भुक्तानी लिने क्रममा हकवाला मोनिका चौधरीले यस्ता किसिमका सुबिधाले संस्था तथा सदस्यको परिवारलाई आर्थिक भार नहुने बताईन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij