२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनः दरखास्त आह्वान

शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनः दरखास्त आह्वान

1.3K
Shares

काठमाडौं – नेपाल राष्ट्र बैंकले समस्याग्रस्त नेपाल शेयर मार्केट्स एन्ड फाइनान्सको व्यवस्थापन समूहको संयोजकका लागि पुनः दरखास्त आह्वान गरिएको छ।
नेपाल राष्ट्र बैंकस्थित वित्तीय संस्था सुपरिवेक्षण विभागको छनौट समितिको सचिवालयले आज एक सूचना प्रकाशित गर्दै उक्त समस्याग्रस्त फाइनान्सको व्यवस्थापन तथा सञ्चालनका लागि दुईजना व्यक्ति सम्मिलित व्यवस्थापन समूहको संयोजकका लागि पुनः दरखास्त आह्वान गरेको हो। यसअघि गत फागुन १४ गते दरखास्त आह्वान गरिएको थियो। तर, तोकिएको चैत ४ गतेभित्र कुनै आवेदन नपरेपछि सचिवाले पुनः दरखास्त खुला गरेको हो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij