२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

रिलायबल नेपाल लाइफद्वारा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

रिलायबल नेपाल लाइफद्वारा एजेन्सी म्यानेजर कन्फ्रेन्स सम्पन्न

1K
Shares

काठमाडौं – रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले कैलालीको धनगढीमा एजेन्सी म्यानेजर कन्फ्रेन्स आयोजना गरेको छ । कम्पनीले उपलब्धि हासिल गरेका अभिकर्ताहरूलाई समेटेर एमडीआरटी सम्मान तथा अभिकर्ताहरूलाई उत्प्रेरणा प्रदान गरेको हो ।

कार्यक्रममा विभिन्न विधामा उपलब्धि हासिल गर्ने करिब एक सय अभिकर्ताहरूलाई सम्मान गरिएको थियो । टिममा सबैभन्दा बढी व्यवसाय गर्ने लम्की शाखाकी एमडीआरटी दुर्गा धामी र अत्तरिया शाखाका प्रेमसिंह साउँदलाई सर्वोत्कृष्ट सम्मान प्रदान गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै रिलायवल लाइफ इन्सोरेन्स नेपालका मार्केटिङ विभाग प्रमुख शैलेन्द्र श्रेष्ठले देशभरिमै सबै भन्दा ठुलो बीमा मृत्यु दाबी रकम रिलायवलले नै प्रदान गरेको बताए । साथै उनले सुदूरपश्चिम अभिकर्ताहरूले कारोबारको दायरा बढाउदैँ लगेकोमा खुसी व्यक्त गरे ।

कार्यक्रममा बोल्दै बीमाका सुदूरपश्चिम संयोजक चन्द्र बहादुर विष्टले सशक्त ढङ्गले बीमा क्षेत्रमा काम गर्न अभिकर्ताहरूलाई सुझाव दिए ।
सहभागी अभिकर्ताहरूलाई अन्तर्राष्ट्रिय मोटिभेसनल बिपी रेग्मीले प्रशिक्षण दिएका थिए । कार्यक्रममा सुदूरपश्चिम प्रदेशभरका कर्मचारी र अभिकर्ताहरूको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij